नेपाली मारेर भागेको भारतीय बस नाटकीय ढंगले यसरी समातियो


सन्तोषकुमार गुप्ता । भालुवाङ्ग १८ फागुन । भालुवाङ्ग पुल्चोकका निजानुदिन खानलाई ठक्कर दिई फरार रहेको भारतीय गाडीलाई नाटकीय ढंकबाट ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रणमा लिएको छ ।

गत माघ ३ गते राती करिब साढे १० बजे लालमटिया—३ पुरानो भालुवाङ्ग बजारमा भारतीय बि आर ४१ पि २९०४ नम्बरको खाउला बब्ली ट्राभल्सको बसले मोटरसाइकलमा सवार निजानुदिन खानलाई ठक्कर दिंदा उपचारको क्रममा खानको मृत्यु भएको थियो । खानलाई ठक्कर दिई फरार रहेको गाडीको अनुसन्धानका क्रममा भारतीय गाडी भएको र नेपालगञ्ज नाका हुदै भागेको पत्ता लागेपछि प्रहरीले नाटकीय शैली अपनाएको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक भागवत बस्नेतले जानकारी दिए । शुरुमा हामीले नेपालकै गाडीले ठक्कर दिएको हो की भनेर अनुमानका आधारमा अनुसन्धान थाल्र्यो तर उक्त गाडी भारतीय नम्बर भएको र भारत गई सकेको थाहा पाएपछि हामीले नाटकीय शैली अपनायौं सहायक निरिक्षक बस्नेतले भने ।

भालुवाङ्ग प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङ्का एक प्रहरी सादा पोसाकमा गई भारतको बहराइजबाट बिबाहका लागि भाडामा लिने भन्दै नाटकीय शैलीमा शुक्रबार नेपालमा ल्याई गाडी र गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात उक्त गाडीको ठक्करबाट नै खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागि प्रहरीले बस चालक बर्ष २३ का दानिस अहमदलाई आफ्नो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । भागेर भारत पुगेको बसलाई समेत प्रहरीले नाटकीय शैलीमा नेपाल ल्याई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडी बढाएको भन्दै प्रहरीको कार्य प्रति स्थानियहरुले प्रशंशा गरेका छन् ।
sajhasabal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget