अुर्जननरसिंहको ढोका गगनका लागि दशैंमा मात्र खुला

काठमाण्डु, २६ फागुन– काँग्रेसको तेह्रौं महाधिवेशनमा ज्वाईं ससुरा नै महामन्त्रीमा भिडेपछि अुर्जननरसिंह केसी र गगन थापा चर्चाको केन्द्रमा रहे ।

उम्मेदवारी घोषणाको पूर्वसन्ध्यासम्म आउँदा औपचारिकतामा सीमित बनेको ज्वाईं सुसुराको सम्बन्ध निर्वाचन परिणाम आइसक्दा बोलचाल नै बन्द हुने अवस्थामा पुगेको छ । पारिवारिक कारणले ज्वाईं ससुरा लामो समय बोलचाल बन्दको अवस्थामा बस्ने सक्ने छैनन् । तर, उनीहरुबीच विगतमा एकले अर्कालाई परेका बेला भरथेग गर्ने प्रकारको राजनीतिक सम्बन्ध थियो, त्यो अब रहेन । निर्वाचनमा ज्वाईं ससुरा एउटै पदमा उठ्नु नै दुवैको कारणको कारण भन्न थालिएको छ ।
कतिपयको बुझाइमा ज्वाईंले ससुरालाई र कतिले ससुराले ज्वाईंलाई छाडेको भए शशांक महामन्त्री जित्ने थिएनन् । जे सुकै भए पनि महामन्त्रीमा एकै पदमा ज्वाईं ससुरा भिड्नु दुवैका लागि अभिषाप भएको सत्य हो ।
ज्वाईं ससुराबीच राजनीतिक सम्बन्ध सकिएको निष्कर्ष
निर्वाचनमा पराजित भएपछि गगन ससुरासँग जति रिसाएका छन्, त्यो भन्दा कयौं गुणा अर्नुननरसिंह गगनसँग रिसाएका छन् । दुवैले अन्तिममसम्म पनि आफूलाई छाडिदिन एकअर्कालाई आग्रह नगरेका होइनन् ।
तर छाड्न दुवै तयार भएनन् । अन्तिम समयमा अर्जुनले आफू पछि हटेर भए पनि ज्वाईंलाई देउवा प्यानलबाट महामन्त्री उम्मेदवार बनाउन चाहेका थिए । त्यतिबेला देउवा क्याम्पका प्रभावशाली नेताले त्यो प्रस्ताव सुन्नै चाहेनन् । ‘फुच्चे केटा’ लाई महामन्त्री मान्न नसकिने तीतो प्रतिक्रियापछि अर्जुन आफैं कस्सिए । केसीले आफ्नो हारको प्रमुख कारण गगन भएको बताएका छन् । केसी परिवार गगनकै कारण पराजय भोग्नुपरेको निष्कर्षमा छ ।
यतिसम्मकी केसी परिवारका केही सदस्यले गगनसँग पारिवारिकबाहेक राजनीतिक सम्बन्ध सकिएको समेत बताएका छन् । ज्वाईंको हैसियतमा दसैंमा टीका लगाएर आशिर्वाद दिनेबाहेक उनका लागि केही गर्न नसकिने निचोडमा केसी परिवार पुगेको छ । ज्वाईंले शशांकको मत काटेको कुरा पत्याउन त के सुन्नसमेत चाहँदैन केसी परिवार । हारको एक मात्र कारण गगनले आफूलाई आउने मत काट्नुमात्र रहेको निष्कर्ष केसीको छ । आफूले पाएको साढे १ हजार र गगनले पाएको साढे पाँच सय मत जोड्दा १६ सय मतसहित निर्वाचन जित्ने हिसाब उनको छ ।
ज्वाईं ससुरा नै एकै पदमा उठ्दा मतदातामा ‘परिवारमै मिल्न नसक्नेले पार्टी कसरी मिलाउलान्’ भन्ने मनोविज्ञानले घर गरेकाले कुरा बिग्रिएको तर्क केसी खलकको छ । हुन पनि निर्वाचनका बेला ‘ज्वाईं–ससुरा दुवैलाई एउटै पद चाहिने ?’ भन्ने महाधिवेशन प्रतिनिधि धेरै भेटिएका थिए । परिवारमा मिलाप हुन नसक्दाको फाइदा शशांकले उठाएको दाबी केसी परिवारको छ । ‘खसेको मत जोड घटाउ गरेर हुँदैन, निर्वाचनमा मनोविज्ञान निर्णायक पक्ष हुन्छ’, केसी परिवारका एक सदस्यले भने, ‘जसले जे सुकै भनोस् । अर्जुन दाईको पराजयमा गगनकै हात छ ।’
ज्वाईंको राजनीति सकिएकोमा दुःखी
आफू तत्काल महामन्त्रीमा पराजित भएकामा भन्दा पनि गगनको राजनीति ओरालो लागेकामा केसी बढी चिन्तित छन् । गगनले गलत समयमा गलत निर्णय लिएर भविष्यमा काँग्रेसको बागडोर सम्हाल्ने अवसरबाट आफूलाई बञ्चित गराएको दाबी केसीको छ ।
‘उमेर छँदै थियो । त्यति राम्रो बोल्न जानेको मान्छे, अध्ययनशील र तार्किक व्यक्तित्वका धनी, केसी समय कुरेको भए भविष्य थियो’, केसी परिवारको निष्कर्ष छ, ‘बेलै नभई बढी महात्वाकांक्षा देखाउनाले राजनीतिक भविष्य धरापमा पर्न गयो ।’
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget