कारबाहीमा माओवादी विद्रोहीका आठजना लडाकू मारिए

नयाँ दिल्ली, १८ फागुन, भारतीय राज्य छत्तीसगढ र अर्को दक्षिणी राज्य तेलङ्गनामा सुरक्षाकर्मीको कारबाहीमा परी माओवादी विद्रोहीका आठजना लडाकू मारिएको समाचार छ । तेलङ्गना र छत्तीसगढ प्रहरीको संयुक्त कारबाहीमा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । उनीहरुले कारबाहीका लागि केही महिनायतादेखि संयुक्त समूह निर्माण गरेका छन् ।

मङ्गलबार गरिएको संयुक्त कारबाहीका क्रममा आठजना नक्सलाइट विद्रोही मारिएका भारनतीय सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् । एकजना वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारीअनुसार पाँच महिलासहित आठजनाको ज्यान गएको हो । नक्सलाइटको लडाकूमा महिला पनि रहेका पाइएको छ । हरि किसन नामका ती नक्सलाईट विद्रोही नेतालाई कारबाहीका लागि सो सुरक्षा गस्ती परिचालन गरिएकोमा उनी भने भागेका पनि प्रहरी अधिकारीले जनाएका छन् ।
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget