थ्रीस्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा, विमल घर्तीमगर म्यान अफ द म्याच |

बारा, फागुन २४ । त्रिभुवन आर्मी क्लब बारामा जारी सातौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा चिरपरिचित प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

आर्मीका लागि खेलको ४५औं मिनेटमा विमल घर्तीमगरको पासमा विकास तामाङले निर्णायक गोल गरेका हुन् ।

खेलको ८९औं मिनेटमा पिटर सेगुनले प्रहार गरेको पेनाल्टीलाई आर्मीका गोलकिपर बिकेश कुथुले बचाउँदै टिमलाई जिताए ।

विमल ‘म्यान अफ द म्याच’ भए ।

नवजनजागृति युवा क्लबको आयोजनामा १० टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार तथा उपविजेताले साढे दुई लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget