शेरबहादुर देउवा समूहको प्यानल घोषणा, केबी गुरुङको पनि साथ दिने महामन्त्रीमा ज्वाईसँग भिडदै केसी

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन पक्षका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गरेको भोलिपल्ट वरिष्ठ नेता देउवाले पनि आज पार्टी कार्यालय सानेपाबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
देउवाले आफ्नो प्यानल पनि घोषणा गरेका छन् । देउवा समूहको महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
देउवाको समूहलाई पूर्वमहामन्त्री कुलबहादुर(के.बी) गुरुङ, नेता लक्ष्मण घिमिरे, पूर्वसभामुख तारानाथ रानाभाटलगायतको समर्थन छ । देउवाको उम्मेदवारी घोषणासँगै अब कांग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल प्यानलको महामन्त्रीमा सशांक कोइराला र सिटौला प्यानलको महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैबीच कांग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यको उम्मेदवारीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ८ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मको समय तय गरिएको छ ।

imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget