करिश्मामाथि प्रचण्डले गरेको टिप्पणीमा नयाँ शक्तिको आपत्ती

नायिका करिश्मा मानन्धरको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति नयाँ शक्ति नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले केही समय अगाडि काठमाडौमा आयोजित कार्यक्रममा जनयुद्धकालमा केही मिडियाले आफ्नो नाम करिश्मासँग जोडेको विषय उल्लेख गर्दै करिश्मासँग आफ्नो नभएर डा. बाबुराम भट्टराइको सम्बन्ध रहेको पुष्टि भएको अभिब्यक्ति दिएका थिए ।
राजनीतिमा लाग्न पाउने संवैधानिक अधिकार उपयोग गर्दै नयाँ शक्ति नेपालमा करिश्मा आबद्ध भएको भन्दै नयाँ शक्ति नेपालले विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ- ‘सम्मानित व्यक्तित्वमाथि कुनै राजनीतिक टिकाटिप्पणी गर्ने आधार नभेटेपछि नितान्त व्यक्तिगत चरित्रमाथि गरिएको प्रहारलाई हामी महिलामाथि गरिएको राजनीतिक हिंसा ठान्दछौं ।’

पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलको शीर्ष नेतृत्वद्वारा कुनै महिलामाथि गरिएको चरित्रहिन, अनैतिक र अराजनीतिक टिप्पणीप्रति खेद व्यक्त गर्दै सम्बन्धित व्यक्तिहरुलाई तत्काल सार्वजनिक माफी माग्दै गल्ती सच्याएर राजनीतिक संस्कार देखाउन अपिल समेत गरिएको छ ।
जनयुद्धकालमा केही भारतीय मिडियाले एमाओवादी अध्यक्ष प्रचण्डले आफुलाई करिश्मा मनपरेको अभिब्यक्ति दिएको प्रसंग उल्लेख गरेका थिए । अहिले करिश्मा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध छिन् ।
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget