७० वर्षमा ४९ वर्ष कांग्रेसमा कोइराला परिवार, देउवा कोइराला खानदानबाहिरका तेस्रो सभापति

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाइ दिनेको ओइरो लागेको छ । सोमबार मध्यराति सभापतिमा निर्वाचित भएपछि काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा पुगेरै बधाइ दिनको घाइँचो लागेको हो ।
नेता देउवाको निवासमा कांग्रेसका नेता तथा कार्यकर्ता, विभिन्न दलका नेता एवम् शुभेच्छुकहरूले शुभकामना दिएरहेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । ‘सभापतिमा निर्वाचित भएलगत्तैदेखि शुभेच्छुकहरूको बधाइ आइरहेको छ । बसैले घरमै आएर बधाइ दिनुभएको छ । कसैले फोनमा बधाइ दिनुभएको छ’, अध्यक्ष सिग्दलले भन्नुभयो, ‘नवर्निचित सभापति शेरबहादुर देउवाले पनि सबैप्रति कृतज्ञता प्रकट गर्नुभएको छ ।’
यसैबीच, सभापति पदमा पराजित रामचन्द्र पौडेलले पनि नवनिर्वाचित सभापति देउवालाई बधाइ दिनुभएको छ । पौडेलले विभिन्न सञ्चारमाध्यममार्फत देउवालाई बधाइ दिनुभएको हो ।
निर्वाचनको नतिजालाई आफूले स्वीकार गरेको बताउनुभएका पौडेलले भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक प्रक्रियालाई मैले स्वीकार गरेको छु । गर्दै आएको छु । गर्नेछु ।’
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget