बिहानैदेखि पशुपतिमा भक्तजनको भीड,आजको दिन ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान

काठमाडौँ, महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए । पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । भक्तजन जुन ढोकाबाट प्रवेश ग¥यो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।





यस वर्षको शिवरात्रीमा ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् । यस वर्ष भारतीय भक्तजनको सङ्ख्या बढी देखिएको नेपाल–भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताउनुभयो ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रीमा भारतलगायतका देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उहाँले उल्लेख गर्नु भयो ।
आज बिहानैदेखि चाबहिल चोक, रातोपुल, पुरानोबानेश्वर चोक र सिनामङ्गलबाट गौशाला आउने सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ ।



पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् ।



पशुपतिभित्र दर्शन गर्ने व्यवस्था व्यवस्थित भए पनि बाहिर भने अव्यवस्थित रहेको बानेश्वरबाट दर्शनका लागि आउनुभएका रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । रासस
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget