भारतले नेपालका नेतालाई घुस खुवाएर कलकारखाना बन्द गर्न लगाएका हुनः बिजुक्छे

 
 भक्तपुर, २७ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालको कलकारखाना बन्द गरेको आरोप लगाए ।
‘अष्ट ज अभियान’ले भक्तपुरमा आयोजना गरेको अन्तकृया कार्यक्रममा बिजुक्छेले भारतले नेपालका केही नेतालाई कमिसन दिएर नेपालको उद्योगधन्दा धराशायी बनाएको आरोप लगाए ।
उनले अहिले पनि नेपालका नदीनालामाथि भारतको आँखा परेको चर्चा गर्दै पछिल्लो समय भारतकै इशारामा तराईमा भएको आन्दोलन र नाकाबन्दीले पनि नेपाली उत्पादन क्षेत्र धराशायी भएकोे बताए ।
अध्यक्ष बिजुक्छेले नेपालको तराई भूमिमा भारतले अघोषित रुपमा कब्जा जमाउन सुरु गरिसकेको आरोपसमेत लगाए । उनले तराईमा भएको आन्दोलन तराईका गरिब किसान तथा मजदुरको हितमा नभएको चर्चा गर्दै आन्दोलनले किसान थप शोषित र पीडित भएको बताए ।
gorkhalikhaban
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget