मान्छे मारेको मुद्दामा छुटेका सलमान फेरि अदालतमा

कालो हरिणको शिकारमा निर्दोष रहेको भनाइ
नयाँ दिल्ली: बलिउड अभिनेता सलमान खान कालो हरिण शिकारको मुद्दामा एक पटक फेरि अदालत पुग्न बाध्य भएका छन्।


उनी कालो हरिणको शिकार मुद्दा र सैन्य मुद्दामा बयान दिनका लागि भारतको जोधपुर अदालतमा बिहीबार पेश भएका हुन् ।

सलमान अदालतमा आफ्नो बयान लेखाएका छन् । सलमानले अदालतमा आफू निर्दोष रहेको बताउँदै आफूलाई झुटो मुद्दामा फसाएको तर्क गरेका छन् । उनले पुलिसको दबाब आफूविरुद्ध बयान दिन लगाइएको आरोप पनि लगाए ।

सलमान खानमाथि जोधपुर नजिकै कालो हरिणको शिकार गर्न अवैध हतियार राखेको आरोप लागेको छ। उनिमाथि फौजदारी कानुन अन्तर्गत मुद्दा चलाइएको हो ।

उनले चलाएको हतियारको लाइसेन्स २२ डिसेम्बर १९९८ मा समाप्त भएको थियो । लाइसेन्सको म्याद गुज्रेपछि २ अक्टोबर १९९८ सम्मा त्यो हतियार आफूसँगै राखेर कालो हरिण मारेको अभियोग उनिमाथि लागेको छ ।

यस मामिलामा सलमानले यसअघि पनि पटक पटक आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन् । सलमानका वकीलले केही साक्षीहरुको बयान फेरि गराउन माग गरेका थिए । अदालतले वकीलको मागलाई स्वीकार गरेको थियो । पाँचजना साक्षीले फेरि बयान दिएपछि सलमानले पनि अदालतमै पुगेर फेरि बयान दोहोर्‍याउनु परेको हो ।

सन् १९९८ १-२ अक्टोबरककी राति कालो हरिणको शिकारसँग जोडिएको मामिलमा सलमानका अलावा बलिउडका चर्चित कलाकारहरु सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमपनि आरोपी रहेका छन् ।

यी सबै कलाकारहरु त्यो बेला राजश्री प्रोडक्सन्सको फिल्म ‘हम साथ साथ है’ कफो सुटिङका लागि जोधपुरमा रहेका थिए । सलमान र अन्यविरुद्ध कुल चार मामिला जोधपुर पुलिसले अदालतमा दर्ता गरेको थियो । यी मध्ये तीन मामिला कालो हरिणको शिकारक थिए । त्यस्तै अर्को एक मामिला सलमानले अवैध हतियार राखेको अभियोगमा थियो ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget