तातोपानी कुण्डमा स्नान गर्न आउनेको संख्या बढ्दो

म्याग्दी, फागुन २८ । म्याग्दीको बेनी नगरपालिका–१३ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको चाप बढेको छ । तातोपानी कुण्डमा स्नान गरे विभिन्न रोग निको हुने विश्वास गरिन्छ ।
गत बैशाखको भूकम्प र नाकाबन्दीका कारण सुनसान बनेको तातोपानी कुण्डमा देशको अवस्था सहज बन्न थालेपछि चहलपहल बढेको हो । नाकाबन्दी खुलेसँगै यातायात र ईन्धन आपूर्ति सहज बनेपछि देशका विभिन्न ठाउँबाट तातोपानीमा आउने बिरामीको चाप बढेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाँले जानकारी दिए ।
कुण्डमा अहिले दैनिक तीनवटा समूह बनाएर स्नान गर्ने ब्यवस्था मिलाइएको छ । साउन महिना यता तातोपानीमा ८ हजार ७ सय जनाले स्नान गरिसकेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । गत आर्थिक वर्ष २०७१ र ७२ मा १६ हजार ३ सय जनाले तातोपानीमा स्नान गरेका थिए ।
बिरे नुनको गन्धसँगै जमिनमुनिबाट निस्कने ५० डिग्री सेल्सीयसको तातोपानीलाई संकलन गरी बनाइएको तलाउमा स्नान गरेपछि शारीरिक चोटपटक लागेको, सुन्निएको, छाला र ग्यास्ट्रिकसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।
दश दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न व्यवस्थापन समितिलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget