चीनबाट ग्यास ल्याउँदा भारतबाट भन्दा कति हाे कती सस्तो

 काठमाडौं । भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको  छ ।

चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ ।  साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन(५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।

प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ । राजश्व र मूल्य अभिवृद्धि करसहित मूल्उ २०७ रुपैयाँ थपिन्छ । ढुवानी, कमिसनलगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् । सो मूल्यमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ९७ रुपैया घाटा छ ।

यो हिसावमा चीनको ग्यास निकै सस्तो छ । ढुवानी जोड्दा पनि भारतको भन्दा सस्तो हुन्छ । चर, नेपाल तर्फको सडक कच्ची भएकाले समस्या हुने मन्त्रालयका सहसचिव नागिलाले भने ।कारोबार दैनिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget