को–को सहभागी हुँदैछन् दिपाश्रीको '६क्का पन्जा' मा ?

काठमाडौँ, १८ फागुन, हास्य कलाकार दिपाश्री निरौलाले निर्देशन गर्ने पहिलो चलचित्र '६क्का पन्जा' का कलाकार र प्राविधिकको आज छनौट गरिएको छ । नयाँ फिल्ममा पनि पुरानो 'वडा नम्बर ६' र 'छ एकान ६' कै अधिकांश कलाकारलाई दोहोर्याइएको छ । दिपकराज गिरीले दिएको जानकारी अनुसार '६क्का पन्जा' फिल्ममा दीपकराज गिरी, प्रियङ्का कार्की, शिवहरी
पौडेल, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, नम्रता सापकोटा, किरण केसी, बसुन्धरा भुषाललगायतका कलाकार रहने छन् । सो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । दिपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्ममा सहायक निर्देशकको रुपमा सम्राट शाक्य रहने जनाइएको छ । यसैगरी फिल्मको संगीत सुर्खे थैलीका गायक तथा संगीतकार राजनराज शिवाकोटी र दीपक शर्माले गर्ने छन् । यो पटक सिताराम कट्टेल अर्थात् धुर्मुस भने निर्माताको रुपमा मात्रै रहने जनाइएको छ ।
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget