अमेरिकालाई गच्छदारको आग्रह- नेपालका सडकमा भारतको मात्रै नाम देखियो, आफ्नो नाम पनि लेखाऊ

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले नेपालका राजमार्गहरुमा जहाँसुकै भारतको नाम देखिने भन्दै सडक स्तरोन्नतिमा लगानी गरेर आफ्नो नाम लेखाउन अमेरिकालाई आग्रह गरेका छन् ।
अमेरिकी दूतावासको सहयोगमा बिहीबार काठमाडौंमा सुरु भएको विजनेस फोरम एण्ड एक्स्पो उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गच्छदारले प्रमुख राजमार्गहरुको स्तरोन्नतिका लागि लगानी गर्न अमेरिकालाई आग्रह गरेका हुन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री गच्छदारले संविधान जारी भएसँगै नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी गर्नका लागि स्वदेशी/विदेशी लगानीकर्ता कसैले पनि अब हिच्किचाउन आवश्यक नरहेको धारणा राखे ।
‘राजनीतिमा मैले विद्यावारिधी हासिल गरिसकेको छु,’ गच्छदारले भने, ‘नेपालमा अब विगतमा जस्तो राजनीतिक द्वन्द्व हुँदैन । निर्धक्क भएर लगानी गरे हुन्छ ।’
पाँच वर्षे कार्ययोजना छिट्टै
उनले राजमार्गहरुको स्तरोन्नतिका लागि लगानी गर्ने विषयमा आफूले अमेरिकी अधिकारीहरुसँग प्रस्ताव राखिसकेको समेत बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनभित्रै मुख्य राजमार्गहरुलाई ६ लेनको बनाउने योजनासहितको ५ वर्षे कार्ययोजना सार्बजनिक गर्ने मन्त्री गच्छदारले जानकारी दिए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget