चीनले सोध्यो – कत्रो विमान पठाउँ ?


प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी लि खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् – कत्रो विमान पठाउँ ?’


प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ । खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget