अब हरेक हप्ता बाबुरामले काठमाण्डु बढार्ने !

काठमाण्डु, १८– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पार्टीले सदस्यता शुल्क र चन्दामा सीमा तोकेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कुनै व्यक्तिले पार्टीलाई बढीमा ५० हजार रुपैयाँ चन्दा दिन सक्ने जानकारी दिए ।
नयाँ शक्ति नेपालले कुनै संस्था, फर्म र कम्पनीबाट भने एक आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी चन्दा नलिने स्पष्ट पारेको छ । त्यसैगरी पार्टी सदस्यता शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
‘प्रत्येक सदस्यले साउन १ गतेदेखि मंसिर मसान्त भित्र एक सय रुपैयाँ वार्षिक सदस्यता नवीकरण शुल्क बुझाउनु पर्नेछ ।’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै काठमाण्डुलाई हराभरा बनाउन हरेक हप्ता नयाँ अभियानका संयोजक भट्टराईसहित केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसानहरु सरसफाइमा लाग्नेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
काठमाण्डुलाई सफा र हराभरा बनाउने अभिष्टबाट यो अभियान सुरु हुनेछ र यसमा उपत्यकाका सम्पूर्ण अभियन्ता र सहयोगीको सलग्नता हुनेछ ।’ नयाँ शक्तिको विज्ञप्तीमा भनिएको छ, ‘यो अभियान अन्तरगत हरेक हप्ता नयाँ शक्तिका संयोजक, केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसान र आम समर्थक, सुभेच्छुक र सहयोगीहरु काठमाडौ सफा गर्न सहभागी हुनेछन् ।’
नयाँ शक्तिले सामाजिक अभियान परिचालन विभागको जिम्मा ध्रुव पराजुलीलाई दिएको छ । सिन्धुपाल्चोकका एमाओवादी नेता पराजुली हालै नयाँ शक्तिमा प्रवेश गरेका थिए ।
स्थानीय विकास विभागको संयोजकमा पाशाङ शेर्पा, दलित तथा अल्पसंख्यक समुदाय विभागको संयोजक महेन्द्र पासवान, कृषि तथा भूमीमामला विभागको जिम्मा नाथुप्रसाद चौधरी र सुकुम्बासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागको जिम्मा सुशीला सिरपाइलीलाई दिइएको छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget