गगनले भने- ससुरालाई हैन, छोरीको पुस्तालाई हेरेर निर्णय लिएको हुँ

२०७२ फागुन १९ गते फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । यससँगै उनको प्रतिस्पर्धामा रामचन्द्र पौडेल समूहबाट शशांक कोइराला र शेरबहादुर देउवा समूहबाट आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग हुने भएको छ ।

शशांक वीपीपुत्र हुन् । अर्जुननरसिंह केसी भने गगनका आफ्नै ससुरा हुन् । त्यसैले कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका लागि ज्वाइँ-ससुराबीचको प्रतिस्पर्धालाई धेेरैले चासोका साथ हेरेका छन् । उसो त दुबैलाई एउटै पदमा नलड्न पारिवारबाटै निकै दबाब नभएको पनि होइन ।

तर, संस्थापनबाट देउवा समूहमा गएका महामन्त्रीका उम्मेदवार भएकाले केसी पछाडि हट्न सकेनन् । केसीका लागि अहिले नभए कहिले भन्ने प्रश्न पनि छ ।

केसीका ज्वाइँ गगन थापा पनि पछि हट्न सकेनन् । पार्टीमा राम्रो लोकपि्रयता कमाएका थापाले सार्वजनिकरुपमा नै अब १५ वर्षमात्रै सक्रिय राजनीति गर्ने घोषणा गरिसकेका छन् । यो घोषणाकै कारण थापालाई पनि अब अलमलका लागि पर्याप्त समय छैन ।

सिटौला समूहबाट महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै गर्दा गगनले ससुरा बा विरुद्ध उभिनुको कारण खुलाए । प्रतिस्पर्धामा उत्रिने निर्णय आफ्नो व्यक्तिगत जीवनमा बडो कठिन भएको उनले सुनाए ।

आफ्नो प्रतिस्पर्धा ससुरासँग नभई बुबासँग हुन लागेको उनले बताए । यो सम्वन्धप्रति आस्था, सम्मान र गौरव रहेको उनले बताए । पाँच वर्ष नपुगेका दुई छोरीलाई स्कुलमा नेताका छोरी भनेर चिन्न्ने गरेको भन्दै छोरीले नेता भनेको त्यो हो, जो आफ्ना बारेमा सोच्दैन, अरुका बारेमा सोच्छ भनेको समेत सुनाए ।

थापाले भने, ‘यो कठोर निर्णय गर्नेबेला मैले आफ्नो परिवारतिर फर्केर हेरेर गरिरहेको छैन । छोरीको सन्ततीतिर फर्केर हेरिरहेको छु, जसले आजको १५ वर्षपछाडि कुनै बेला मेरा बाले आफ्नो जीवन यो राष्ट्रका लागि समर्पित गर्ने साहसिक निर्णय गरेको सम्मान गर्ने त्यो दिन सम्भिmएर साहसका साथमा यो निर्णयमा पुगेको छु ।’

गगनले भावुक भएर यसो भन्दा हलमा ताली बजेको थियो ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget