पोखरामा दुर्घटना, ६ वटा प्याराग्लाइडिङ चालक सहित डुबे

पोखरा- सराङकोटबाट उडेका ६ प्याराग्लाइडर्स फेवातालमा खसेका छन्। प्रि- वर्ल्डकप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताअन्तर्गत उडेका उनीहरु अचानक हावामा भूमरी आएपछि अनियन्त्रित भएर फेवातालमा खसेका हुन्।


उनीहरुको उद्दार कार्य जारी रहेको र तीन जनाको अवस्था गम्भिर रहेको छ। प्रतियोगितामा भाग लिएका उनिहरुले प्याराग्लाइडिङ पामेमा ल्यान्ड गर्नु पर्ने थियो। तर त्यस अगाडीनै भूमरी आए पछि दुर्घटना भएको हो। ६ जना प्याराग्लाइडर्स नै विदेशी हुन्।

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि सुरु भएको हो। नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा प्रतियोगिता भएको हो।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget