यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो

यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो
क्यान्सरले ज्यान लिन्छ । चाहे तपाइँ धनी हुनुहोस् या गरिव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् ।
हुनत यो बढाइचढाइ जस्तो पनि लाग्न सक्छ । विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।
१- निरन्तर खोकी- फोक्सोको क्यान्सर
फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकाँश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण शुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाति दुख्नु खतरनाक लक्षण हो ।
२- शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर
मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकाँशलाई खुट्टाको पछाडी, पाखुरा वा अुहाारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।
यो क्यान्सरको शुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता संकेत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।
३- दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर
दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो संकेत होइन । यसले पनि तपाइँको सानो आन्द्रामा क्यान्सर भएको संकेत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकाँशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।
४- मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर
अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ ।
मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौं वा महिनौं सम्म सन्चो हुँदैनन् । दुखाइ नभएपनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।
५- निल्न समस्या- खाना नलिको क्यान्सर
खाना निल्न समस्या भैरहेको छ भने सचेत हुनुस् । यो तपाइँको खाना नलीमा क्यान्सर भएको संकेत हुन सक्छ ।
नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।
६- रहस्यमयरुपमा वजन घट्नुः धेरै प्रकारका क्यान्सर
अधिकाँश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाइँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।
७- पिसावमा रगत- प्रोष्टेट क्यान्सर
पिसाव गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाव आइरहने जस्ता लक्षण तपाइँलाई प्रोष्टेटमा समस्या भएका संकेत हुन सक्छन् । पिसाव गर्दा रगत देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।
८- अनावश्यक टुडुल्को उठ्नु
कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकाँश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।
९- रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर
शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विनाकारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि पछाडीको भागमा दुखाइ हुन सक्छ ।
१०- दिसा/पिसावमा रगत- गुदद्वार क्यान्सर
दिशा वा पिसावमा रगत देखिनु खतरनाक हो । खासगरी दिशामा रगत देखियो भने यसले तपाइँको ठूलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने संकेत दिन्छ । पिसावमा रगत देखियो भने चाँहि प्रोष्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।नेपाली हेडलाइनबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget