पृथ्बीबाट जीवन समाप्त हुने , मानव जीवन सबैभन्दा बढी खतरामा

एजेन्सी – पृथ्वी जीवन समाप्त हुनेतर्फ नयाँ दौडमा रहेको अमेरिकाका तीन विश्वविद्यालयको अध्ययनले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिले समाप्त हुने प्रजाति मानव भएको दाबी गरिएको छ । स्टेनफर्ड, प्रिन्सटन र बर्कले विश्वविद्यालयका उक्त सोधमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्दि भइरहेको जनाएको छ ।


यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो । प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,‘यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ । प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए । समाचारपत्रमा खबर छ ।
onlinedailypost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget