अस्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

काठमाडौं, फागुन २२ । अस्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।
डर्बनमा शुक्रबार राति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भ्रमण टोली अस्ट्रेलियालाई तीन विकेटले हराएको हो ।
अस्ट्रेलियाले पेश गरेको एक सय ५८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ३५ बलमा नटआउट ५३ रन बनाए । यस्तै फाप डु प्लेसिसले २६ बलमा ४० रनको योगदान दिए । अस्ट्रेलियाका नाथन कोल्टर नाइलले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन बनायो ।
उसका लागि एरोन फिन्चले १८ बलमा ४०, मिशेल मार्सले २५ बलमा ३५ तथा डेभिड वार्नरले ११ बलमा २० रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले तीन तथा कागिसो राबदा र डेविड विसेले समान दुई दुई विकेट लिए ।
जितपछि तीन ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार जोहनसबर्गमा हुनेछ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget