काठमाडौंमा ठूलो हावाहुरी, राष्ट्रिय सभागृहको टेन्ट ढल्दा कांग्रेसी कार्यकर्ता घाइते

काठमाडौं, २३ फागुन । राजधानीमा ठूलो हावाहुरी चल्दा नेपाली कांग्रेसको मतदान प्रभावित भएको छ ।
हावाहुरीले राष्ट्रिय सभागृहका टेन्ट ढलाएको छ । केही कांग्रेस महाधिवेशन प्रतिनिधि घाइते भएका छन् । हावाहुरीका कारण टेन्ट नै उडाएको छ । मतपेटिकाहरुलाई प्रहरीलाई प्रहरीले सुरक्षा दिएको छ ।
मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो । मतदान अन्तिम चरणमा पुगेको बेला हावाहुरीले टेन्ट उडाएपछि मतदान प्रभावित भएको छ ।
हावाहुरीका कारण टेन्ट उठाउँदा र टेन्ट टाँगन बनाइको रडले लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाकी सरिता राई, चितवनकी सृजना अधिकारी र सिराहाका राम यादव रहेको प्रहरीले जनाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget