सेना र प्रहरीमा कति छन् महिला

काठमाडाैं ,  सुरक्षा निकायमा कार्यरत महिलाको संख्या करिब १० हजार पुगेको छ । सबैभन्दा धेरै नेपाल प्रहरीमा महिलाको सहभागिता छ ।
 ७२ हजार ७ सय १९ दरबन्दी रहेको नेपाल प्रहरीमा दुई डिआइजीसहित चार हजार चार सय ७१ जना महिला कार्यरत रहका छन् । जसमध्ये चार हजार चार सय दरबन्दी रिक्त रहेका छन् । पछिल्लो समय नेपाल प्रहरीमा महिलाको सहभागिता बढ्दै गएको छ । डिआइजी पदबाट अवकाश पाएकी विमला थापा आफूहरु भर्ना हुने समयमा महिलाहरु सुरक्षा निकायमा भर्ना हुने चलन नै नभएको बताउँछिन् ।

 करिब ९० हजार फैज रहेको नेपाली सनेनामा तीन हजार तीन सय आठजना महिला कार्यरत छन् । सेनामा माथिल्लो तहमा धथोरै मात्र महिला छन् । सेनामा मात्र महिला एक सहायक रथी छिन् । सशस्त्र प्रहरी बलमा १८ सय १९ जना महिला कार्यरत छन् । सशस्त्रमा एक एसपी, पाँच डिएसपी, ३७ इन्सपेक्टर, ३७ सइ, १५ असइ, एक वरिष्ठ हवल्दार रहेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget