छालाको चाया, आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा,खोकीमा र दन्त शूलमा : फिटकिरी

फिट्कीरी एक औषधीय गुण भएको रसाएनीक पदार्थ हो ।
आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २ थोपा बिहान बेलुका हाल्नाले ठीक हुन्छ ।
ज्वरो आएमा
दिनदिनै वा ३्४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३्४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।





मलेरिया ज्वरोमा
फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
दम खोकीमा
दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
पेट बटारिएर दुख्ने रोगमा
फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहानरबेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
दन्त शूलमा
सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
डण्डिफोर र छालाको चायामा
फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget