देश टुक्राउन खोजिएमा सेना परिचालन हुन्छ- प्रधान सेनापति


२५ फागुन, काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको निर्देशन भए नेपाली सेना परिचालन हुने कुरा बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेना परिचालन हुन सक्ने प्रधान सेनापतिको बोलीले राजनीतिक तरंग पैदा गरिरहेको बेला क्षेत्रीको यो भनाइ सार्वजनिक गरिएको हो ।

नेपाली सेनाको पृतनापतिहरूको समन्वयात्मक तथा पिएसओजको बैठकमा देश नै टुक्रयाउने गतिविधि भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वत: परिचालन हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएको र अबका दिनहरुमा राष्ट्र र जनता दुवैलाई राष्ट्रिय सुरक्षाका सन्दर्भमा केन्द्रबिन्दुका रुपमा लिई नीति निर्माण गर्नुपर्ने अवस्था श्रृजना भएको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनाको लागि देश, जनता र संविधान प्रेरणादायी स्रोत भएको, देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको र उत्पन्न परिस्थिति तथा नेपाल सरकारले तोकेको कुनै पनि जिम्मेवारी बहन गर्न सदैव तयार रहेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस अघि प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने मधेसी मोर्चाको माग पूरा भए पूर्वी, मध्यपश्चिम तथा सुदूरपश्चिममा जातीय द्वन्द्व हुनसक्ने निष्कर्ष सेनाले निकालेको समचार सार्वजनिक भएको थियो । सुझबुझमा सीमांकनको समाधान नभए पूर्वमा लिम्बू, मध्यपश्चिममा मगर र सुदूपश्चिममा क्षेत्रीहरूको आन्दोलन हुनसक्ने र त्यसले मुलुकको राष्ट्रिय सुरक्षामा गम्भीर असर पुग्न सक्ने सेनाको निष्कर्ष छ ।nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget