चीनसंग दिर्घकालिन सम्झौता नगर्न दवाव दिन ओली उड्नु अघि सुष्मा आउने

काठमाडौ । भारत भ्रमणमा गएको ठीक एक महिनापछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन् ।
नाकाबन्दी खोलेर भारतको भ्रमण गर्न सम्भव नभएर पहिले चीनको भ्रमण गर्ने घोषणा ओलीले गरेका थिए ।
ओली चैत्र सात गते बेइजिङ्ग जाँदैछन् तर त्यसभन्दा अघि नै २०७२ चैत ४ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरले तीन दिने नेपाल भ्रमण गर्दैछन् ।
स्वराज र जयशंकर पोखरामा हुन गइरहेको सार्क मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन आउन लागेका हुन् । तर, यही मौकामा नेपाल सरकारको उच्च नेतृत्वसँग भारतीय सहयोगमा नेपालमा सञ्चालन हुने र भइरहेका प्रोजेक्टहरुको समीक्षा, बाधा व्यवधानका बारेमा निकै गम्भीर छलफल पनि गरिनेछ ।
सामान्यतया  बहुपक्षीय कार्यक्रममा अर्को देशमा गएको बेला सो देशसँग द्विपक्षीय विषयमा गम्भीर छलफल गरिँदैन तर स्वराजको हकमा यो लागू नहुने भएको छ ।
उनले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसहित विभिन्न दलका नेताहरुसँग पनि भेट्ने भएकी छिन ।
चीन भ्रमणलाई प्रभावित पार्न प्रधानमन्त्री ओलाीको भारत भारत भ्रमण गराइए जस्तै चीन संग दिर्घकालिन सम्झौता नहोस भन्ने ध्येयले स्वराजले नेपाली नेताहरु भेट्न लागेकी हुन् कि भन्ने आशंका पनि कूटनीतिक क्षेत्रले गर्न थालेको छ । आजको साँघुमा समाचार छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget