दिलिपले श्रीमती बेच्न फेसबुकमा विज्ञापन दिएपछि…

इन्दौर, ऋणमा डुबेको एकजना ३० वर्षीय भारतीय युवकले मानवीय मर्यादाको धज्जी उडाउँदै आफ्नै श्रीमती बिक्रीमा राखेका छन् । श्रीमतीको बिक्रिका लागि उनले सोसाल साइट फेसबुकमा विज्ञापन समेत पोष्ट गरेका छन् ।घटना सार्वजनिक भएपछि प्रहरीले कार्वाही अगाडि बढाएको छ ।

प्रहरी अधिकारीका अनुसार, फेसबुकमा आपत्तीजनक पोष्ट प्रकाशित गर्ने दिलिप मालीका विरुद्ध उसको श्रीमतीको आरोपका आधारमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले मालीको खोजी गरिरहेको छ । प्रहरीका अनुसार, मालीले आफ्नो फेसबुकमा श्रीमती र दुई वर्षकी छोरीको फोटा अपलोड गरेका थिए । फोटोसँगै उनले लेखे, “मैले ज जसको पैसा खाएको छ, त्यो सबै चुक्ता गर्न चाहन्छु ।

त्यसैले म आफ्नी श्रीमतीलाई एक लाखमा बेच्न चाहन्छु । कसैले किन्न चाहन्छ भने मेरो मोबाईल नम्बरमा सम्पर्क गर्नुहोला ।” मालीकी श्रीमतीले फेसबुकमा यो पोष्ट देखेपछि प्रहरीमा जानकारी गराएकी थिइन । तीन वर्ष अघि दिलिपको बिहे भएको थियो बिहे पछि दुबै इन्दौरमा बस्ने गरेका थिए । तर निकै बढी ऋणमा डुबेपछि दिलिप भागेर पैतृक गाउँ गएका थिए । त्यसपछि श्रीमती माइतमा गएर बस्न थालेकी थिइन । प्रहरीले घटनाको थप अनुसन्धान गर्दै छ । बिभिन्न अनलाइनहरू बाट ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget