भोली खन्डग्रास सूर्य ग्रहण लाग्ने, भूकम्पदेखि ठूलै व्यक्तिको हत्या हुनसक्ने

काठमाडौं २५ फागुन । बुधबार (भोली) बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण परेको ज्योतिषहरुले बताएका छन् ।
यो बेला ठूला ठूला घटना दुर्घटना हुनसक्ने उनीहरुले चेतावनी समेत दिएका छन् । यसलाई काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिने बताइएको छ ।
चर्चित ज्योतिष सुनील सिटौलाले ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने बताए ।

ज्योतिष सिटौला
प्रचलित ज्योतिष अनुसार भोली फागुन कृष्ण औसी तिथि ८ बजेर ६ मिनेट सम्म रहेको छ । त्यस पछी फाल्गुन सुक्ल प्रतिपदा लाग्ने छ । सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ ।
प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ । जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्छ ।
अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश, कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ ।
धार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नुहुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनुहुँदैन ।
यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भूकम्प, सुनामी आउनेदेखि प्रसिद्ध व्यक्तिको हत्या एवम मृत्यु हुन सक्ने बताउँछ ।
यसैलाई आधार मानेर युरोपियन ज्योतिषले कुनै ठूलै व्यक्तिको हत्या हुन सक्ने भनेर भविस्यवाणी गरेको समाचार बेलायतको चर्चित पत्रिका मिररले छापेको छ ।
‘हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रशान्त एसियामा सुनामी र भूकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ । त्यस्तै ग्रहणको मास फल विचार गर्दा भारत र पाकिस्तानबीच कास्मिरलाई लिएर नयाँ खतरा बढ्ने देखिन्छ’ ज्योतिष सिटौलाले भने ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget