केही समय बन्द भएको भद्रगोल पुनः प्रशारणमा आउने

काठमाडौं–केहि समय अघिदेखि प्रशारण बन्द भएको हाँस्य टेलिश्रृंखला भद्रगोल आउँदो शुक्रबारबाट पुनः प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको भद्रगोल विगत केही महिना अघिदेखि प्रशारण बन्द भएको थियो । साथै अन्य हाँस्य टेलिश्रृंखलाहरु पनि बन्द भएका थिए ।
पहिलेकै जसरी भद्रगोल अब नियमित रुपमा प्रशारण हुन लागेको सागर लम्साल ‘बले’ ले जानकारी दिए । सामाजिक संजाल फेसबुकमार्फत समेत भद्रगोलका कलाकारहरुले आउँदो हप्ताको शुक्रबारबाट भद्रगोल पुनः प्रशारण हुने जानकारी दिएका छन् ।
छोटो समयमा निकै चर्चा कमाएको भद्रगोल विगत २ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । अब पुरानै समयअनुसार भद्रगोल प्रशारण हुने टिमको ठम्याई छ ।

ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget