ग्याष्टिक कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ग्याष्टिक भएको कसरी थाहा पाउने ?


ग्याष्टिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर मेडिकल भाषामा ग्याष्टिक भनेर ग्यास्ट्राइटिसलाई भनिन्छ । ग्यास्ट्राइटिस भनेको आमासय भित्र एउटा कडा प्रकारको अम्ल उत्पादन हुने समस्या हो । पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीड (एच सी एल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।

ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ । यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ ।
रगत, दिसा, पिसाब जाँचेर ग्याष्टिक भए नभएको पत्ता लाग्दैन । तर पेट भित्र ठूलो रोग छ कि भनेर इन्डोस्कोपी भने गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाँउ भएको छ या छैन हेर्न सकिन्छ । ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ ।
ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुन्छ । यसले मानसिक तनावमा भने अवश्य राख्छ । यदि आमासयमा अल्सर भएर ग्याष्टिक भएको हो भने क्यान्सरको रुप पनि लिन सक्छ । कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ ।
यदि अल्सर नै भैसकेको रहेछ भने ट्रिपल थेरापी गर्नुपर्छ । यदि घाँउ छ भने औषधिको प्रयोग गर्नुपर्छ । कहिलेकाँही पित्त थैलिमा पत्थरी भयो भने पनि ग्याष्टिक जस्तो समस्या देखा पर्नसक्छ । यदि यस्तो अवस्था उत्पन्न भयो भने पित्त थैलिको पत्थरीको अप्रेसर नगरी यसको समस्या कम हुदैन । हायटस हर्नियामा आमाशय फर्केर खाने नली माथि सरेर गएको छ भने पनि अप्रेसन नै गर्नु पर्ने हुन्छ ।news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget