नेपाल र नामिबियाबीच हुने क्रिकेट भारतमा सारिएपछि विरोध

चितवन, फागुन, २२ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसिसि)को होम अवे खेल अन्तर्गत नेपाल र नामिबियाबीचको हुने खेल भारतमा सारिएपछि नेपाली क्रिकेट समर्थकहरुले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)को विरोध जनाएका छन् ।
क्यानको लचारीपन र गैरजिम्मेवारीको कारणले आईसिसिले नेपालमा हुने खेल भारतमा सारेको भन्दै नेपाली क्रिकेट सपोर्टर्स एशोसियसनले विरोधको कार्यक्रम आयोजना गरेको हो ।
क्रिकेट समर्थकहरुले भोली (शनिबार) टियु मैदानमा ‘क्यान हामीलाई चाहिदैन, क्रिकेट मेट्न पाइदैन’ भन्ने नारासहित प्रदर्शन गर्न लागेका हुन् । नेपालबाट सारिएको खेल भारतको नोयडामा हुने भएको छ ।
पाकिस्तानमा त गोली चल्यो खेल हुन सकेन, हाम्रो त सुन्दर शान्त देश भएर पनि अदृश्य गोली चलाएर क्रिकेटको हत्या भएको छ । हजारौं नेपाली समर्थकको आफ्नै आखा अगाडी खेल हेर्ने चाहना लगभग तुहिएको छ भने क्यान अन्तराष्ट्रिय क्रिकेटबाट निलम्बन हुने संघारमा छ ।
यसैका कारणपनि क्यानको कार्यशैलीप्रति रुष्ट नेपाली क्रिकेट समर्थकहरुले विरोध स्वरुपप टियु मैदानमा प्रदर्शन गर्न लागिएको कार्यक्रम संयोजक प्रमोद बज्रचार्यले जानकारी दिए ।
उनले विरोध प्रदर्शनमा सहभागी बन्न सबैमा अनुरोध गरे । विरोध कार्यक्रममा चर्कौ नाराबाजीसंगै पुत्ला दहन, क्यान मरेको भन्दै शंख फुक्ने, प्ले कार्ड सहित राष्ट्रिय झन्डा लिएर उपस्थिति हुने कार्यक्रम रहेको उनले जानकारी दिए । सो विरोध कार्यक्रम आज (शनिबार)विहान ११ बजेबाट सुरु हुनेछ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget