भारतको गुजरातमा आतङ्कवादी हमलाको खतरा-सैनिकको कडा अपरेशन सञ्चालनमा


नयाँ दिल्ली, भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ ।

सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ ।



सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क पच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबाही गरेको बताइएको छ ।

समाचार स्रोतका अनुसार सो क्षेत्रमा आतङ्कवादी हमलाका कारण हुनसक्ने क्षतिको अनुमान गरी प्रहरी पनि खटाइएको छ ।

उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी पनि खटाइएको समाचारमा उल्लेख गरिएको छ । रासस÷एपी
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget