गगन थापामाथिका संगिन ३ आरोप, बन्लान् त महामन्त्री ?

गगन थापा नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सिटौला समुहबाट महामन्त्रीका उमेद्वार पनि हुन् । कांग्रेसको १२ औँ महाधिवेशनमा सर्वाधिक लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थापा अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा अहिलेका उपराष्ट्रपति  नन्दकिशोर पुन ‘पासाङ’लाई संविधान सभाको चुनावमा पराजित गरेर समेत चर्चित बनेका थिए ।

तर यतिखेरसम्म बाग्मतीमा धेरै पानी बगिसकेको छ र एकचोटी आकाश छोएका गगनमाथि खासगरी आफ्नै कार्यकर्ताहरुबाट समेत केही संगिन आरोप लागेका छन् । तिमध्ये केही आरोपहरु यस्ता छनः

१.गगन गुण्डाका पक्षपोषक: गत भदौ ३ गते काठमाडौका कुख्यात डन घैँटै मारिएपछि नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसी तथा गगन थापाले घैँटे मारिएको विषयमा गम्भीर आपत्ति मात्र जनाएनन्, उनीहरुले मान्छेको बाँच्न पाउने हक कुण्ठित भएको भन्दै मिडियाहरुमार्पmत प्रचारवाजी गरे । स्मरणीय छ, चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनालको टोलीमार्फत घैँटे समुहले फायरिङ खोलेपछि प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ उर्फ घैँटे मारिएका थिए । घैँटे मारिएको घट्नालाई लिएर काँग्रेस सांसद भिमसेनदास प्रधान र गगन थापा लगायतका काँग्रेसीहरु राष्ट्रिय मानव अधिकार आयोग समेत पुगेका थिए । त्यसैगरी काभ्रेका अर्का गुण्डा अजयमान श्रेष्ठसँग समेत गगन बेलाबखत देखिने गरेका थिए । श्रेष्ठ क्यासिनो डन् हुन् । त्यतिमात्र होइन, थापा संजिव स्याल नाम गरेका डनसँग पनि बेलाबखत देखिने गरेका छन् । संविधान सभाको अघिल्लो चुनावमा नुवाकोटको क्षेत्र नं. १ मा आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई चुनाव जिताउने क्रममा त्यहाँको तिगाउँ मतदान केन्द्रमा गुण्डाहरुको सहयोगमा गगनले गोली समेत चलाएको आरोप लागेको थियो ।

उसो त केही वर्ष अघि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका केन्द्रीय अध्यक्ष रन्जित कर्णमाथि सांघातिक हमला गरेको आरोप समेत गगनलाई लागेको थियो । त्यतिखेर नेविसंघका चितवन अध्यक्षले गगन थापालाई संकेत गर्दै भनेका थिए, नेपाली कांग्रेसको भावी नेतृत्वमा पुग्छु भन्नेहरुले नै यो हमला गरेका हुन् । नेतृत्वले उनलाई कारवाही गरोस् ।

२. गगन भारतका एजेण्ट ! नेपालमा धेरै व्यक्तिहरुलाई भारतीय जासुसी  संस्था रिसर्च एण्ड एनालाइसिस विङको एजेण्टको आरोप लाग्ने गरेको छ । रअ बाट पैसा लिएर राजनीति गरिरहेको आरोप यिनलाई मात्र होइन, उनको समुहबाट सभापति बनेका कृष्ण सिटौलालाई समेत लाग्ने गरेको छ । भारतले गगनलाई नेपालको राजनीतिमा स्थापित गरेर आफ्नो स्वार्थ उनीमाथी थोपर्न खोजेको भनेर अनौपचारिक रुपमा आरोप लगाउने नेता तथा कार्यकर्ता गन्न नसकिने सख्यामा कांग्रेसभित्र छन् ।
उसो त नयाँ शक्ति अभियानमा जुटेका पूर्व एमाओवादी नेता बाबुराम भटराईसँग जोडेर गगन पनि नयाँ शक्तिमा सामेल हुन्छन् भन्ने हल्ला र चर्चा राजनीतिक वृत्तमा थियो तर गगनले त्यसलाई स्विकार्ने सम्भवना देखिन्न । तर बाबुराम र गगनमा एउटा कुरा भने समानता देखिन्छ त्यो हो रअको एजेन्ट भएको आरोप । बाबुराम भट्टराईलाई पनि धेरैले रअको एजेन्ट भएको आरोप लगाउँछन् ।

३. किचन क्याबिनेटमा रमाउने गगन : भजन मण्डलीमा रमाउने गगन उनलाई लाग्ने गरेका अर्को गम्भीर आरोपमध्ये अर्को छ कि उनी आफ्नो किचन क्याबिनेटभन्दा पर जान सकेनन् । दाई–दाई भन्दै सँगै हिँड्नेहरुको सालाको बिहेदेखि उनीहरुका बच्चाका न्वारनमा समेत पुग्ने गगनले आधा दशकमै असली काग्रेस कायकर्तालाई चिन्न छाडेको आरोप छ । कुरा चिल्ला, मिठा र सैद्धान्तिक गर्ने तर आफ्नो कोठरीभन्दा पर हेर्न नसक्ने भनेर उनकै निकटकाले उनलाई आरोप लगाउने गरेका छन् । त्यसमाथि यस पटकको चुनावमा त कतिले ससुरालाई जिताउन गगनले नौटंकी गरेको आरोप पनि लगाएका छन ।
nepalpati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget