नेपाली भूमिमा चिनिया सीसी क्यामेरा किन राखियो ?

काठमाडौं,२७ फागुन— सरकारले चीनसंग किमाथाङको नाका सञ्चालनमा ल्याउने सहमति गरेसंगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सर्तकता बढाएको छ । नाका आसपासमा चहलपहल तीव्र भएपछि सर्तकता बढाइएको हो ।



चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिकै नेपाली भुमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समय अघि खुल्ला रहेको नाका हिजो आज भने स्थानियवासीका लागि समेत सातामा २ दिन खुल्ला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मिसंग देन्दाङ नगरमा छलफलगरि सीमा सुरक्षाबारे सचेत बन्न आग्रह समेत गरेको छ । अहिले प्रहरीको पास नलिएको स्थानिय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ । चीन प्रशासनले नेपालतर्फ चिनियाँ नागरिक आए फिर्ता गराउनु र कुनै गातिविधी गरे कारबाही गर्न समेत भनेको किमांथाङ प्रहरीले जनाएको छ ।
अन्नपूर्ण पोष्टबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget