११०० परीक्षार्थीलाई कपडा खोल्न लगाएर परीक्षा लिइयो

पटना, फागुन १९ । भारतको बिहारमा करिब ११०० परीक्षार्थीलाई कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएको विषय विवादमा तानिएको छ । सेनामा भर्तीका लागि आवेदन दिएका युवाहरुलाई लिखित परीक्षामा कपडा खोल्न लगाएर सामेल गरिएको हो ।
भारतीय रक्षा मन्त्रालयले सेना प्रमुखसँग यसबारे स्पष्टिकरण मागेको छ । भारतीय संचारमाध्यमका अनुसार परीक्षार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि सेनाले कपडा खोल्न लगाई परीक्षामा सामेल गरेको हो ।
सेनाका अधिकारीहरु भने परीक्षामा चिट चोर्ने घटनामा बृद्धि हुँदै गएको भन्दै सबैलाई खानतलासी गरेर परीक्षा हलमा प्रवेश गराउँदा समय लाग्ने भएकाले कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएको बताउँछन् ।
पछिल्ला वर्ष बिहारमा स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने गरेका घटना बृहतरुपमा प्रकाशमा आइरहेका छन् । (एजेन्सी)
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget