आन्द्रा भुँडी बाहिरै निस्किएको शिशुको जन्म

तुलसीपुरः एक १८ वर्षीया किशोरीले आन्द्रा–भूँडी बाहिरै भएकी छोरी जन्माएकी छिन् ।

चिकित्सकका अनुसार शिशुको पेट नै विकासित नभएपछि यस्तो अवस्था आएको हो । अस्वभाविक बच्चा जन्मिएपछि राप्ती अञ्चल अस्पतालले आमा र शिशुलाई भैरहवा अस्पताल रिफर गरेको छ ।


दाङ तुलसीपुर १८ क्वाङीकी उर्मिला चौधरीले मंगलबार दिउँसो १२ बजे उक्त शिशु जन्माएकी थिइन् ।

उनको अप्रेशनबिनै सामान्य रुपमा शिशुको जन्म भएको थियो । अस्पतालका बालरोग विशेषज्ञ डा. किशोर खत्रीका अनुसार पेट विकसित भइनसकेकाले यस्तो जन्म स्वभाविक हो ।

‘यसको उपचार पनि सम्भव छ, शिशुको पेट नै विकसित भएन त्यस्तैले यस्तो भएको हो’ उनले भने ‘यो ग्यास्ट्रो काईसीस हो अप्रेशन गरेर ती आन्द्राभूँडीलाई भित्र राख्न सकिन्छ ।’

उनका अनुसार विश्वमा जन्मिने हरेक दुई हजार नवजात शिशुमध्ये एकजनामा यस्तो हुन्छ ।

शिशुको आन्द्राभूँडी शरीरमै ब्यान्डेज गरेर अस्पतालले बाहिर रिफर गरेको छ । यो अस्पतालमा आत्यावश्यकीय अप्रेशनका प्रविधि नभएका कारण अधिकांश बिरामी बाहिर रिफर हुँदै आएका छन् ।

डा.खत्रीका अनुसार बच्चा जन्माउने उमेरका लागि आमासमेत विकसित भइसकेकी छैनिन् । उनी १८ वर्षीया हुन् भने बुवा २१ वर्षीय छन् ।

‘बिहे गर्ने उमेर त हो तर, कतिपयमा पाठेघर राम्रोसँग विकसित भइसकेको हुँदैन, बच्चा हुर्काउने क्षमता पनि विकसित भएको हुँदैन अनि सन्तानमा यस्तो समस्या आउँछ’ उनले भने ‘कम उमेरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैलाई समस्या हुनसक्छ ।’

यी शिशुलाई सामान्य अवस्थामा ल्याउनका लागि एक लाखभन्दा बढी खर्च हुने अस्पताल स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका कारण आफ्नी नवजात शिशुको जीवन रक्षाको लागि उनका बाबु सोगतबीर चौधरीले सहयोग गरिदिन आग्रह गरेका छन् ।

उनलाई सहयोग गर्नका लागि ९८०९८०११९६ नम्बरको मोबाइलमा सम्पर्क गरी एभरेष्ट बैंक लिमिटेडको खाता नं.०३३००५०१२०४३७४ मा रकम जम्मा गर्न पनि सकिन्छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget