धुर्मुस सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती

फाल्गुन १९, २०७२- हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँरुप सार्वजनिक भएको छ । सर्टफिल्म ‘ज्योती’मा पञ्चरत्ने र पार्वतीको भूमीकामा उनीहरुको नयाँ रुप देखिएको हो ।

बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्टफिल्म ज्योति अहिले देशकै पहिलो बालमैत्रीनगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छाँयाकंन भइरहेको छ । भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनु पर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताए ।

बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जन चेतना जगाउनकालागि सर्टफिल्म ज्योतिनिर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरुको विश्वास छ ।

चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छिन् । यस सर्टफिल्मको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनि आचार्यकै रहेको छ । यस फिल्ममा धुर्मुस–सुन्तलीसँगै संगम विष्ट मुख्यपात्रको रुपमा देखिने छिन् । यस्तै, यमन श्रेष्ठ, दिपक आचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपना शर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय छ ।
ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget