‘मलाई लाग्थ्यो, बलात्कृत हुनुमा मेरै गल्ती छ’


चर्चित पप गायिका लेडी गागाले फेब्रुअरी २८ मा सम्पन्न ओस्कार अवार्डमा ५० यौन शोषणामा परेका पीडितसँग प्रस्तुति दिइन् । अवार्डपछि मात्र उनको परिवारलाई थाहा भयो, गागा पनि यौन शोषण पीडित हुन् ।

बताइएनअुसार लेडी गागा १९ वर्षको छँदा उनी बलात्कृत भएकी थिइन् । तर, उनले १० वर्षअघिको यो घटना आफ्नो परिवारलाई अहिलेसम्म भनेकी रहिनछन् ।

अवार्डपछि उनले इन्स्टाग्राममा लेखेकी छिन्,‘म साह्रै लजाएकी र डराएकी थिएँ । म पीडित छु भनेर जान्न मलाई धेरै वर्ष लाग्यो । मलाई ममाथि यस्तो हुनु भनेको गलत हो भन्ने पनि थाहा थियो । तर पनि मलाई लाग्थ्यो, म बलात्कृत हुनुमा मेरै गल्ती छ । किनकी म क्याथोलिक हुँ ।’

इन्स्टाग्रामबाटै उनले अवार्डपछि आफूले हजुरआमा र काकीलाई फोन गरेर सुनाएको र उनीहरुले बहादुरीको तारिफ गरेको उल्लेख गरेकी छिन् ।setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget