कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं: मुलुककै सबभन्दा ठूलो र पुरानो पार्टी कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वार्चित भएका छन् । सोमबार सम्पन्न दोस्रो निर्वाचनमा उनले १८२३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले १२९६ मत पाएका छन् ।

कूलमत ३१६१ मध्ये ३१४० मत खसेको थियो । दोसो दिनको निर्वाचनमा २८ जना महाधिवशेन प्रतिनिधिको अनुपस्थिति रहे भने पहिलो दिन १३ जनामात्र अनुपस्थित रहेका थिए । यसअघि आइतबार भएको पहिलो निर्वाचनमा देउवाले १५६४ मत ल्याएका थिए ।

दोसो दिनको निर्वाचनमा २८ जना महाधिवशेन प्रतिनिधिको अनुपस्थिति रहे भने पहिलो दिन १३ जनामात्र अनुपस्थित रहेका थिए । यसअघि आइतबार भएको पहिलो निर्वाचनमा देउवाले १५६४ मत ल्याएका थिए भने उ निर्वार्चित भएका हुन् ।


देउवाको निकटतम प्रतिद्धन्द्धी पौडेलले ११५२ मत र कृष्णप्रसाद सिटौलाले भने ३२४ मत मात्रै पाएका थिए । महामन्त्री सिटौला तेस्रो भएको हुँदा पहिलो चरणको निर्वाचनबाटै रिङ आउट भए ।

कांग्रेसको विधान अनुसार सभापति पदका लागि खसेको मतको ५१ प्रतिशत आवश्यक पर्ने हुँदा देउवाले ११ मत कम पाएको हुँदा दो स्रो चरणको निर्वाचनको सामना गर्नुपर्यो । देउवालाई १५७५ मतको आवश्यक्ता थियो ।

केही समय संस्थापक नेताहरु र विगत दुई दशकदेखि कोइराला परिवारको वरिपरि घुमेको कांग्रेसको नेतृत्व पहिलो पटक लिगेसी तोडेर देउवाले जितेका हुन् ।

देउवाको जितसँगै कांग्रेसको यसअघि रहेको दुई गुट कोइराला र देउवाको पनि अन्त्य भएको छ । देउवाको जितले कांग्रेसमा जो कोहीपनि पार्टीको नेतृत्वमा पुग्न सक्ने पनि बाटो देखाएको छ । देउवाले आफ्नो जितले पार्टीमा अव गुट र उपगुटको अन्त्य भएको भन्दै अव पार्टी शशक्त र एकताबद्ध भएर अघि बढ्ने बताए ।

अघिल्लो बाह्रौ महाधिवेशनमा तत्कालिन पार्टी सभापति सुशील कोइरालासाग तीन सय मतको अन्तरले पराजित भएका देउवालाई यस पटक संस्थापन पक्षकै कूलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायत दुई दर्जन नेताहरुले साथ दिएका थिए ।

देउवा निर्णय गर्न सक्ने, राष्ट्रिय अन्तराष्ट्रिय सम्वन्ध भएका र हक्की नेताको रुपमा कांग्रेसभित्र परिचित छन् । २०१७ सालको राजनीतिक कू पछि राजनीतिमा लागेका देउवा २०२२ सालमा सुदुरपश्चिमाञ्चल विद्यार्थी समितिको अध्यक्ष भएर राजनीतिमा होमिएका हुन् ।

कांग्रेसको राजनीतिमासाडे पाँच दशकदेखि सक्रिय देउवा २००३ साल जेठ ३१ गते डडेल्धुरामा जन्मेका हुन् । अत्यान्त सामान्य परिवारका उनी स्कुले जीवनदेखिनै राजनीति सुरु गरेका हुन् ।

देउवाको विद्यार्थी आन्दोलनमा सक्रियता देखेर तत्कालिन पार्टी सभापति बीपी कोइरालाले २०२९ सालमा देउवाकै अध्यक्षमा नेपाल विद्यार्थी संघको स्थापना गरेका हुन् । पञ्चायतकाल देखिका विभिन्न राजनीतिक आन्दोलनमा उनले पटक पटक गरी १० बर्ष जेल जीवन विताएका छन् ।

राजनीतिकशास्त्रमा स्नातकोत्तर र कानुन र मानविकीमा स्नातक गरेका देउवाले लण्डनमा रहेको विश्वविख्यात विश्वविद्यालय लण्डन स्कुल आफ इकोनोमिक्स एण्ड पोलटिकल साईन्स (एलएसी) बाट २०४४ सालमा रिसर्च फेलोको रुपमा एक बर्ष अध्ययन गरेका थिए ।

२०४६ सालको प्रजातन्त्र पुनस्र्थापना हुँदा देउवा कांग्रेसका सशक्त युवा नेताका रुपमा उदाएका थिए । ०४८ सालको आम निर्वाचनमा उनी अत्यधिक मतान्तरका साथ डडेलधुराबाट विजयी भए । जनआन्दोलनपछि गठन भएको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा उनी गृह मन्त्री भएका थिए ।

देउवाले २०४८सालदेखि अहिलेसम्म भएका संसद र संविधानसभाको कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् । २०५२ सालमा कांग्रेसको संसदीय दलको नेता चयन भएपछि उनी पहिलो पटक प्रधानमन्त्री बनेका हुन् ।

पार्टीमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्राईकै बेलामा देउवाको राजनीतिक लोकप्रियताका कारण प्रधानमन्त्री बन्न सकेका हुन् । उनी ०५२ सालमा प्रधानमन्त्री बनेपछि उनको व्यक्तित्व थप चुलियो ।

पार्टीभित्रको अन्तरसंघर्षका कारण २०५९ सालमा कांग्रेस पार्टी विभाजित हुदा नेपाली कांग्रेस प्रजातान्त्रीकका सभापति बनेका देउवाले पाँच बर्षपछि ०६४ सालमा फेरि कांग्रेस र कांग्रेस प्रजातान्त्रीकबीच एकीकरण गरेका हुन् ।

यसअघि देउवा प्रधानमन्त्री बन्दा थुप्रै महत्वपूर्ण कामहरु पनि गरेका छन् । भारतसँग महाकालि सन्धि उनको पालामा भएको थियो ।

नेपालमा मूल्य अभिवृद्धि कर लागू गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने, कमैया मुक्तिको घोषणा गर्ने, जातिय छुवाछुत अन्त्यको घोषणा गर्ने लगायतका कामहरु देउवा प्रधानमन्त्री हुदानै भएका हुन् ।

देउवाकै पालामा सिमान्तकृत समुदायको हितका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू पनि गठन गरिएका थिए । देउवा २०५२, २०५८ र २०६१ गरी तीन पटक प्रधानमन्त्री बनेका थिए ।

नेता तथा कार्यकर्ताको संरक्षण गर्ने नेताको रुपमा परिचित देउवाको स्वभाव समन्वयकारी छ । उनी सकभर सबै विचार राख्ने शक्तिहरुबीच साझा विषयहरुमा सहकार्य हुनुपर्छ भन्ने धारणा राख्ने गर्छ । कांग्रेसभित्र पनि उनलाई सबैको समस्या बुझ्ने नेताको रुपमा परिचित छन् ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget