सागमा पदक जित्ने काठमाडौंका खेलाडी नगद सहित सम्मानित

भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पदक जित्ने काठमाडौं जिल्लाका खेलाडी सम्मानित भएका छन् ।
पदक विजेता उनिहरुलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीले बिहिबार राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा नगदसहितले सम्मानित गरेको हो ।




जिल्ला खेलकुद बिकास समितीले १२ औं सागमा स्वर्ण जित्ने आफ्नो क्षेत्रका खेलाडीलाई जनही १० हजार, रजत जित्ने खेलाडीलाई ७ हजार तथा काश्य जित्ने खेलाडीलाई ५ हजारले सम्मानित गरेको हो । १२ औं सागमा काठमाडौंका दुई खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा १३ खेलाडीले काश्यले जितेका थिए । साग खेलकुदमा २३ बर्ष पछि स्वर्ण पदक दिलाउने नेपाली पुरुष फुटवल टोलीका कप्तान बिराज महर्जन र जुडोकी स्वर्ण बिजेता फुपु ल्हामु खत्री काठमाडौं जिल्लाका खेलाडी हुन् । यस्तै रजत बिजेता तेक्वान्दोका सक्षम कार्की र ट्रायथलनका रोजा केसी पनि काठमाडौंका खेलाडी हुन् । रोजाले अर्काे स्पर्धामा नेपाललाई काश्य पदक पनि दिलाएकी थिईन् । रोजासहित काश्य जितेक नेपाली महिला भलिवल टोलीकी प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भन्डारी, आर्चरीका प्रेम प्रशाद पुन, खोखोका बिक्कीराज महर्जन र पवन महर्जन, टेवल टेनिसका चन्दन शाही, दीप साउन, अम्मर लाल मल्ल, नबिता श्रेष्ठ र एलिना महर्जन तथा महिला कबड्डीकी चन्द्रावती बिष्ट काठमाडौंकी खेलाडी हुन् । खेलाडीलाई काठमाडौं जिल्ला खेलकुद बिकास समितीकोतर्फबाट खेलकुद मन्त्री सत्य नारायण मन्डलले ताम्र पत्रसहित नगदले सम्मानित गरेका थिए । त्यस अघि खेलकुद मन्त्री मन्डलले राष्ट्रपति रनिङ शिल्डअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । जिल्ला स्तरतीय छनोट प्रतियोगितामा काठमाडौंका १० निर्बाचन क्षेत्रबाट १०० भन्दा बढि बिद्यालयका ८०० भन्दा बढि बिद्यार्थी खेलाडीले सहभागीता जनाएको जिल्ला खेलकुद बिकास समिती काठमाडौंका अध्यक्ष ध्रुबराज न्यौपानेले जानकारी दिए । आगामी आर्ईतबार सम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीले समुहगत खेल भलिवल, कबड्डी र एथलेटिक्ससहित मार्शल आर्टका तेक्वान्दो, उशु र करातेमा गरी ४६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दो र भलिवलको प्रतिस्पर्धा बिहिबारबाटै सुरु भएको छ ।
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget