एसिया कपमा आज भारत र बंगलादेशबीच रोमाञ्चक भिडन्त

काठमाडौं, फागुन २३ । बंगलादेशमा जारी एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधी छिनोफानो आज हुँदैछ ।
प्रतियोगिताको उपाधीका लागि आज भारत र घरेलु टोली बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ ।
श्रीलंकासँगै सर्बाधिक पाँच पटक एसिया कपको उपाधी उचालेको भारत आज छैटौ उपाधीको खोजीमा छ ।
तर पछिल्लो समय सशक्त प्रदर्शन गरिरहेको र घरेलु मैदानमा अझ बलियो प्रदर्शन गरिरहेको बंगलादेशलाई पन्छाउन भारतलाई सजिलो छैन ।
उता, एसिया कपको इतिहाँसमा दोस्रो पटक फाइनल पुगेको बंगलादेश आज भारतलाई हराउँदै पहिलो पटक एसिया कपको उपाधी चुम्ने दाउमा छ ।
तर जारी प्रतियोगिताको अपराजित टोली भारतलाई हराउन बंगलादेशलाई सहज हुने छैन ।
जारी प्रतियोगिताको समुह चरणमा बंगलादेशलाई पराजित गरेको भारत उच्च मनोबलकासाथ सोही स्तरको प्रदर्शन दोहोर्‍याउन चाहन्छ भने बंगलादेश समुह चरणमा भोगेको पराजयको बदला लिदै उपााधी चुम्ने दाउमा छ ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget