१५ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइयो

भारतमा यौन हिंसाको यो पराकाष्ठा
नयाँ दिल्ली: भारतकी एकजना १५ वर्षीया किशोरी यौनहिंसाको अर्को शिकार भएकी छिन् । भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् ।


भारतको मध्यप्रदेशकी १६ वर्षीया किशोरीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो । उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ ।

उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो ।

गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । बताइएअनुसार ती किशोरीको बुधबार बिहान मृत्यु भएको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।

अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ ।

त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ । तर यथार्थ भने पत्ता लागेको छैन ।

यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो । त्यसमा संलग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ ।

त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो । त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ ।

दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ । एजेन्सी
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget