शिक्षक आयोग फेरि खुल्दै, माध्यमिक तहको पाठ्यक्रम परिमार्जन ;६११ दरबन्दी

२८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जनको काम सकिएकाले माध्यमिक तहमा ६ सय ११ दरबन्दीका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
‘एक हप्ता भित्रै आयोग खुल्छ, हामी सूचना निकाल्ने अन्तिम तयारीमा छौं,’ शिक्षा सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।
शिक्षा विभागले आयोगलाई ६ सय ११ दरबन्दी माध्यमिक तहमा आवश्यक रहेको जानकारी दिएको छ । सोही आधारमा आयोग खुलाउने तयारी भइरहेको पौडेलले बताए ।
कस्तो छ परिमार्जित पाठ्यक्रम ?
परीक्षा एक सय पूर्णाङ्कको हुनेछ र समय तीन घण्टा तोकिएको छ । परिमार्जित पाठ्यक्रमलाई विषय क्षेत्रका आधारमा तीन खण्डमा बिभाजन गरिएको छ ।
पहिलो खण्डमा शिक्षा सम्बन्धि आधारभूत ज्ञान राखिएको छ जुन बहुवैकल्पिक बस्तुगत प्रश्न हुनेछ । २० अंकभार राखिएको शिक्षा सम्बन्धि आधारभूत ज्ञान सबै विषयका शिक्षक पदका लागि एउटै हुनेछ । यसमा २० वटा प्रश्न हुनेछन् र हरेक प्रश्नका लागि १ अंक निर्धारण गरिएको छ ।
खण्ड ‘क’ मा ४० अंक भार कायम गरिएको छ । यसमा माध्यमिक पाठ्यक्रम शिक्षण विधि र प्रविधिसँग सम्बन्धित एउटा लामो र ६ वटा छोटा प्रश्नहरु हुनेछन् ।
खण्ड ‘ख’मा सम्बन्धित विषयको विषयवस्तु सम्बन्धि ज्ञानलाई राखिएको छ । यस खण्डमा पनि ४० नम्बरको अंकभार राखिएको छ । यसमा एउटा लामो र ५ वटा छोटा प्रश्नहरु हुनेछ ।
बस्तुगत प्रश्न २० अंकको हुनेछ र यसमा शिक्षासँग सम्बन्धित आधारभूत ज्ञानबारे प्रश्न सोधिने छ ।
पाठ्यक्रम शुक्रबारदेखि लागू
नयाँ पाठ्यक्रम शुक्रबारदेखि लागू भएको छ । आधारभूत ज्ञान सबै विषयका शिक्षक पदका लागि एउटै भए पनि खण्ड ‘क’ र ‘ख’ विषयअनुसार फरक-फरक हुनेछन् । खण्ड ‘क’ र ‘ख’का लागि उत्तर पुस्तिकासमेत अलग-अलग हुनेछन् ।
प्रत्येक क्षेत्र समेटिने गरी प्रश्न सोधिने र छोटा उत्तर आउने प्रश्नहरु ज्ञान, सिप र प्रयोग तहका हुनेछन् । यसैगरी लामो उत्तर आउने प्रश्नहरु संज्ञानात्मक तहका सबै क्षेत्रलाई समेट्ने किसिमका हुने आयोगले जनाएको छ । परीक्षा अंग्रेजी वा नेपाली दुबै माध्यममा दिन सकिने छ ।
एक दशक अघिको पाठ्यक्रम पुरानो भइसकेकाले संशोधन गरी समय सापेक्ष बनाइएको आयोगका प्रशासकीय अधिकृत पौडेलले दाबी गरे ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget