update: संखुवासभालाई केन्द्र बनाएर ४.५ रेक्टरको नयाँ भूकम्प

संखुवासभाः संखुवासभालाई केन्द्र बिन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ८ बजेर ४५ मीनेट जाँदा संखुवासभाको माङ्तेवालाई केन्द्र विन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का संखुवासभा, भोजपुर, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लामा महशुस गरिएको थियो ।


भूकम्पको धक्का महशुस भएपछि संखुवासभाका स्थानीयबासी घरबाट बाहिर निस्किएका थिए । खुल्ला चौरमा भेला भएर बसेका उनीहरु अहिले विस्तारै घरतर्फ फर्कन थालेका छन् ।

भूकम्पले पुर्‌याएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उक्त भूकम्प बैशाख १२ गते गएको भूकम्पको पराकम्प नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget