अमेरिकामा नेप्लिज अमेरिकन सम्मेलनको भब्य तयारी

– विजय थापा ,वाशिंगटन डिसी

अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ l

अमेरिकन स्वतन्त्रता दिवस जुलाई ४ लाई मध्य नजर गर्दै उक्त सम्मेलन जुलाई २ देखि ४ सम्म आयोजना हुने गरिने भएको छ l र उक्त प्रथम सम्मेलनलाई भब्यताका साथ सम्पन्न गराउन उक्त सम्मेलनमा संलग्न रहेका आयोजक समितिका सदस्यहरु गत फेब्रुअरी २७ तारिख लस एन्जेलसमा प्रथम बैठकको आयोजना गरेको छ l


खेलकुद, संगीत् र संजाललाई मुख्य नारा बनाउदै यसको माध्यमबाट अमेरिकाका नेपाली समुदायलाई एकत्रित बनाउने लक्ष्य रहेको आयोजकले बताएका छन् l गत फेब्रुअरी २७ तारिखमा बसेको प्रथम बैठकले सम्मेलनलाई कसरि सफल तथा भब्य बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भै विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी गराएका छन् l

खेलाडीहरु हौसला प्रदान गर्न खेलकुदमा अहिले सम्म कै सबै भन्दा ठुलो राशिको पुरस्कारको व्यवस्था गरिएको छ l  खेलकुदमा फुटबल, बास्केटबल, भलिबल ,गल्फ ,टेनिस तथा क्रिकेट खेल राखिएको छ l जस अनुसार फुटबलमा बिजेता लाई  ५ हजार डलर तथा उप बिजेतालाई २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ l

यसै गरि बास्केटमा बिजेतालाई ३ हजार तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ l यसै गरि भलिबलमा बिजेतालाई तीन हजार डलर तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कार दिईने भएको छ l

आयोजकले प्रथम नेप्लिज अमेरिकन सम्मेलन लस एन्जेलसमा गरिने भएता पनि ३ बर्ष सम्म अगाडिका सम्मेलन स्थल र राज्य समेतको तय भएको बताएका छन् l

सम्मेलनलाई भब्य बनाउन बसेको बैठकले सम्मेलनलाई सफल बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् भने उक्त सम्मेलनको लागि एक बर्ष अगाडी देखि नै योजना बनाईएको बताईएको छ l

बिशेष गरि अमेरीकामा रहेका युवाहरुको प्रयास तथा संलग्नतामा हुने यो कार्यक्रम पूर्ण रुपमा निस्वार्थ भावनाले खेलकुद तथा मनोरंजन दिनु रहेको छ l

३ दिन सम्म चल्ने उक्त कार्यक्रममा ख्याती  प्राप्त कलाकारको सांगीतिक प्रस्तुति ,फेसन प्रदर्शन ,सांस्कृतिक साँझ तथा प्रतिभा प्रतियोगिता समेत रहने भएको छ l

यसै गरि अमेरिका भर रहेका नेपाली समुदायलाई एक एकै थलोमा भेला गराई बिभिन्न मंचमा छलफल ,बहस कार्यक्रमको साथै बिशेष व्यक्तिहरुसंग अन्तरक्रियात्मक कार्यक्रम समेत गर्ने योजना तय भै सकेको आयोजकले जनाएका छन् lNews24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget