बुहारी भित्र्याउने सपनामा अधुरै

कामठाडौं: धुमधामका साथ बुहारी भित्र्याउने चाहना पालेका बुबाआमाका लागि छोराको दुःखद् निधनको खबर सहन गर्न कति कठिन हुन्छ भन्ने निष्ठुरी दैवलाई के थाहा ? छोरा सन्तोष रानाको विवाह गरी बुहारी भित्र्याउने सपना पालेका दलबहादुर रानाको परिवारमा शुक्रबार बज्रपात भयो ।

काष्ठमण्डप एअरका सहचालक सन्तोषको दुःखद् निधनको खबरले काठमाडौं कपनमा रहेकी उनकी आमा मूर्छा परिन् । बुबा दलबहादुर भैरहवामा एमालेको कार्यक्रममा थिए । २८ बर्से सन्तोषका लागि घरमा बुहारीको खोजी गर्दै थिए बुबाआमा । सन्तोषले भने चालक भएपछि मात्र बिहे गर्ने अडान लिएका थिए ।


दैवको लीला, न सन्तोष अब चालक बन्नेछन्, न त आमाबुबाको चाहना नै पूरा हुनेछ । उनी त भगवान्को प्यारो भएका छन् सदाका लागि । सन्तोषले काष्ठमण्डप एयरमा गत वैशाखदेखि काम गरेका हुन् । उनले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । उनका दाजु बेलायती सेनाबाट सेवानिवृत्त भएकाले उतै बसोबास गरेका छन् ।

सन्तोषका फुपूका छोरा नवीन थापाले राति ८ बजे अन्नपूर्णलाई दिएको जानकारीअनुसार सन्तोषकी आमा बेहोस अवस्थामै छिन् । पूर्वमन्त्री दलबहादुर गाडीबाट काठमाडौं आउँदैछन् । एमालेका सचिव योगश भट्टराई, नेत्री रामकुमारी झाँक्रीलगायत एमाले नेता सन्तोषको निवास कपनमा बसिरहेका छन् । सन्तोष सबैसँग सरल व्यवहार गर्ने र अत्यन्त मिलनसार रहेको उनका छिमेकीले बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget