बिहीबार जेलबाट रिहा हुँदैछन् संजय दत्त, जेल प्रशासनले उनलाई ४४० रुपैयाँ दिने

मुम्बई, फागुन ११ । बलिउड अभिनेता संजय दत्त बिहीबार जेलबाट रिहा हुँदैछन् । उनी सन् १९९३ मा भएको शृंखलाबद्ध विस्फोट मामलामा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतको आदेशअनुसार पाँच वर्षको जेल सजाय भोग्दैछन् ।
यद्यपि उनले पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन । उक्त सजाय तोकिनु अघि नै उनले १८ महिना जेलमा बिताइसकेका थिए । बाँकी सजायका हकमा पनि उनले पटक–पटक बिदा लिएर घर–परिवारसँग समय बिताउँदै आएका थिए । त्यस अतिरिक्त जेल सजायको परिभाषाअनुसार प्रत्येक कैदीले महिनामा सात दिन स्वतः सजाय माफी पाउँछ । यस हिसाबले संजयले प्रत्येक वर्ष ८४ दिनको सजाय छुट पाए । कैदीको चालचलन राम्रो पाइएको अवस्थामा प्रत्येक वर्ष जेल प्रशासनले ३० दिनको सजाय माफी दिने प्रावधान पनि छ । संजय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनले उक्त सुविधा पनि पाए ।
यिनै सुविधाका आधारमा संजयले सजायमा छुट पाउँदै बिहीबार रिहा हुने अवसर पाएका हुन् ।
पुणेको यरवदा जेलमा रहेका संजयले जेल प्रशासनबाट रिहा हुने समयमा ४४० रुपैयाँ पाउनेछन् । जेल प्रशासन स्रोतका अनुसार उनले उक्त रकम जेलमा काम गरेबापत पारिश्रमिक पाउने भएका हुन् । कुल पारिश्रमिक मध्ये उनले खर्च गरेर बाँकी रहेको रकम ४४० रुपैयाँ रहेको जेल प्रशासन स्रोतलाई उद्धृत गर्दै केही भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका छन् । उक्त कामबाट उनले दैनिक ५० रुपैयाँ आर्जन गर्दछन् । यस अतिरिक्त उनी जेल मै आरजे (रेडियो जकी) को भूमिका पनि निर्वाह गर्दै आएका छन् । जेलमा कैदीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत गीत–संगीत बजाउने गरिन्छ । जसमा संजयले रेडियो जकीको भूमिका निर्वाह गर्दै आएका हुन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget