अस्ट्रेलियाकै ठूलो वहुसांस्कृतिक महोत्सवमा नेपाल प्रवर्धन

जिलोङ (अस्ट्रेलिया) १७ फागुन, बहुभाषिक र बहु–सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसँग आबद्ध भएका करिब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ–आफ्नो सांस्कृतिक चालचलन, रितिरिवाज, खानपान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाचगान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता विविध कार्यक्रम सहित आफ्नो ४० औं वार्षिकी भब्यताका साथ मनाउँदा नेपालीले भने चौथो पटक सहभागिता जनाइ नेपाल प्रवर्धन गर्ने काम गरे  ।

परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर  र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ(आफ्नो जातीय  पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो । नेपालीहरुको समूहमा विदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एवम् नागरिक जिम्मेवारी बहन गर्नु भएका मन्त्री रविन स्कट र पर्यटन जिम्मेवारी बोकेका मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिविधिको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसँग नजिक रहेर काम गर्न रुचाएको बताउनु भयो ।    

कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणमा धेरै विदेशीको आकर्षण बन्न पुगेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले नृत्य प्रदर्शन गर्नु भएको थियो ।

स्मरण रहोस् जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई विशेष गरेर नेपाललाई  बुद्ध र सगरमाथाको देशको रुपमा प्रवर्द्धन गर्ने प्रयोजनको लागि अवसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका विभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुने गरेका छन् ।
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget