युद्धविरामको प्रस्ताव लगात्तै सिरियामा अमेरिका र रसियाको अग्निपरीक्षा

काठमाडौँ, बितेका कम्तीमा पनि पाँच वर्षदेखि चरम हिंसाको चपेटामा फसेको मध्यपूर्वी देश सिरियामा युद्धविरामको नयाँ अध्यायले युद्धअन्त्यको नयाँ आशा जागेको छ । संयुक्त राज्य अमेरिका र रसियाले सिरियामा शनिबारदेखि लागू हुनेगरी युद्धविरामको प्रस्ताव गरेका छन् । यो आलेख तयार पार्दासम्म त्यहाँ युद्धविरामको सुरुवात पनि भइसकेको छ ।

लामो समयदेखि हिंसाले आक्रान्त यस मुलुकमा द्वन्द्वकै कारण गत पाँच बर्ष यता दुई लाख ७१ हजार व्यक्तिको मृत्यु भएको छ । युद्धविराम शुक्रबार मध्यरातिदेखि लागू गराउने लक्ष रहेको युद्धविराम सम्झौतालाई विश्वले निकै चासोपूर्वक हेरिरहेको छ । यस कुरालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि स्वीकार्नुभएको छ । शुक्रबार उहाँले बताउनुभएको छ– सावधानीपूर्वक यसको पालना होस् किनभने यतिखेर अमेरिका र रसियालाई संसारले नै हेरिरहेको छ ।



दुई हप्तामात्र अघि जर्मनीमा बसेको सिरिया सहयोगी समूहका विभिन्न १७ देशको संयुक्त सम्मेलनले सिरियामा युद्धविरामको प्रस्ताव गरेको हो । सो सम्मेलनको अगुवाई अमेरिका र रसियाले गरेका थिए । सम्मेलनमा भएको छलफलको निष्कर्ष र अमेरिका तथा रुसको चाहना र योजना बमोजिम सो युद्धविराम सम्झौताले मूर्तरुप प्राप्त गरेको हो । त्यसैले पनि शुक्रबार मध्यरातिबाट सुरु भएको युद्धविरामलाई संसारले नै अमेरिका र रसियाको अग्निपरीक्षाका रुपमा पनि हेरेको छ ।

अमेरिकाले यसअघिदेखि नै सिरियाली समस्याको समाधानका लागि बल प्रयोग गर्नुपरेपनि पछि नहट्ने बताउदै आएको थियो । तर पनि त्यस एजेण्डमा रसिया सहमत हुन सकेन । रसियाले सिरियाली सरकारलाईं सघाएको देखिन्थ्यो तर त्यसलाई उसले कहिल्यै पनि स्वीकारेन । पछिल्लो समयमा सिरियाको आकासमा रसियाली र अमेरिकी विमानले नै आक्रमण गर्दै आएका छन् । सायद यसै घटनाले पनि यी दुई देशलाई नजिक बनाएको हुनसक्छ । हाल भने उनीहरु सिरियामा युद्धविरामको माध्यमबाट शान्तिको पहल थालेको बताएका छन् । र यसलाई संसारले नै सिरियामा रसिया र अमेरिकाको अग्निपरीक्षाका रुपमा पनि विश्लेषण गरेका छन् ।

सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएका तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ । यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यस अंकमा १३ हजार ५०० बालबालिका र करबि ९ हजार महिला रहेका छन् । यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ५०० जना जति र इस्लामिक र अतिवादी लडाकूहरु ४६ हजार ५०० जना जति परेका छन् । यी लडाकूहरुमा विदेशीसमेत रहेका छन् ।

सिरियामा आन्दोलनरत विपक्षीहरुले आ–आफ्ना हिंसात्मक गतिविधि रोक्नुका साथै आगामी दिनमा अन्य विभिन्न अतिवादी समूहहरुका तर्फबाट संचालित हिंसाको अन्त्यका लागि पनि पहल गर्र्नेे विषयमा दुई शक्ति राष्ट्रका सर्वोच्च नेताबीच सहमति भएकाले अब सिरियामा स्थायी शान्ति प्रवेशगर्छ भन्ने बलियो आशा जागेको छ । अबका दिनहरुमा सिरियामा चीरस्थायी शान्ति बहालि प्रक्रियाका विषयमा बाँकी विश्वका शान्ति तथा न्यायप्रेमी समुदायले गहिरो चासो र सुखद चर्चा पनि अवश्य शुुरु गर्नेछन् ।

शुक्रबारै मध्यरातिदेखि शुरु भएको सो युद्धविरामको पालनाका लागि सिरियाका सबै पक्षले सहयोग गर्ने विश्वास लिइएको छ । विश्वले अत्यन्तै उत्साहपूर्वक दृष्टि लगाइरहेको युद्धविराम सम्झौता पूर्णरुपमा पालना भएमा आगामी दिनहरु सिरियाका स्वर्ण दिन सरह हुनेछन् । दैनिक सयौंको संख्यामा जनहत्या भै रहने यस्तो हृदयविदारक घटना फेरी नदोहोरियोस् र अब सिरियाली नागरिक र राष्ट्रका हितैषीहरुमा कुनै पनि किसिमको निराशा नआओस भन्ने विश्व समुदायले प्रकटगर्दै आएको सद्भाव कायम रहने विश्वासको बलियो जग बसेको छ ।

चरम हिंसात्मक द्वन्द्वकै कारण देशभित्र र छिमेकी देशमा गरी लाखौं सर्वसाधारण नागरीक विस्थापित भएका छन् र लाखौको सङ्ख्यामा जनता घाइते भएका छन् । अकल्पनीय संख्याका व्यक्तिहरुको ज्यान लिनेगरी जारी रहेको यस युद्धले शनिवार देखि विश्राम लिने अर्थात विश्वका दुइ ठूला शक्तिराष्ट्् बीच सम्पन्न युद्धविराम सम्झौता र यसको पालना गरिने प्रतिबद्धताले सिरियाले शीतल सास फेर्ने आशा जाग्नु स्वभाविकै हो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आग्रह र प्रयासमा युद्धबिराम सम्झौतामा हस्ताक्षर गर्ने अमेरिका र रुसले सिरियाली सरकार र त्यहाँका विपक्षी एवम् सबै विद्रोही समूहलाई समस्याको शान्तिपूर्ण समाधानका लागि शनिबारदेखि सबै प्रकारका हिंसाको अन्त्य गर्न तयार रहन भनेका थिए ।
यस अघि सिरियामा स्थायी शान्ति स्थापनाको पहल र अविरल प्रयास स्वरुप धेरै पटक अन्तर्राष्ट्रिय जगतले बारम्बार सभा, सम्मेलन वार्ताका आयोजना गर्दै आएका थिए । तर यसले सिरियाली सरकार र विद्रोहीलाई सही मार्गमा ल्याउन सकेको थिएन । हालको युद्ध विरामलाई प्रस्तावक राष्ट्रहरु लगायत विश्व समुदायले नै बडो ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।

सिरियामा जारी युद्ध सरकार र विद्रोहबीच मात्र नभएर भूमिगत संगठनका नाममा आतङ्क मच्चाएका इस्लामिक स्टेट्स (आइएस) र अल नुस्रा फ्रन्ट नामक संगठनको पनि हात रहेको छ । हाल सिरियामा सरकार र विद्रोहीबीचको द्वन्द भन्दा पनि यी आतङ्ककारीहरुको विगविगीले पनि डेरा जमाएको छ । यिनको आतङ्क मात्रको कारण हजारौं व्यक्तिले ज्यान गुमाईसकेका छन् ।

राष्ट्रपति बसर अल असदले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रसिया र अमेरिकाको प्रयासमा शनिबारदेखि युद्धविराम गर्न गरिएको अनुरोधको पालनागर्ने जानकारी दिएको तथ्य क्रेमलिनले जनाएको छ । लामो समयको आन्तरिक युद्धबाट थकित असद र लामो द्वन्द्वमा होमिएका सशस्त्र विद्रोही लडाकू एवम् गैरजिहादि समूहका हजारौ हिंसाकर्मी समेतलाई यस युद्धविराम सम्झौताले राहत पु¥याउने विश्वास गरिएको छ ।

सरकारी सेना एवम् बिदेशीले सञ्चालन गर्दै आएका हवाई आक्रमण रोक्नुपर्ने, नागरिकलाई आवश्यक मानवीय सहायताहरु पु¥याउन निशर्त सहयोग दिनुपर्ने, देशभरि नै जेलमा राखिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने जस्ता शर्त राख्ने बिद्रोही समूहहरु पनि यतिखेर युद्धविराम सम्झौताको पालन हुनुपर्ने पक्षमा खडा भएका छन् । रासस

News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget