विराट गोल्डकपको उपाधि दुई वर्षपछि पुलिस क्लवलाई

खराब प्रदर्शनका कारण निकै आलोचना खपेको नेपाल प्रहरीको फुटबल टिम पुलिस क्लबललाई दुई वर्षपछि उपाधि हात लागेको छ। विराट गोल्डकपमा शनिबार चिरप्रतिद्वन्द्व झापा–११ लाई निराश पार्दै पुलिसले फाइनलमा १–० को जित हासिल गर्यो।

यो जितसँगै पुलिस क्लबले नगद पाँच लाख र गोल्डकप उचालेको छ। झापाको टोलीको समर्थनमा उर्लिएका दर्शकलाई पुलिस क्लबले ८७ मिनेटमा निराश पारेको थियो। नेपाल प्रहरीलाई लामो समयपछि फाइनल जिताउनका निम्ति भरत शाह नायक बने।

वान भर्सेस वान गोलमा झापाका गोलकिपर विनय श्रेष्ठ अगाडि बढेको मौका छोप्दै शाहले गोल गरेका थिए। विमल घर्तीमगर समेतलाई मैदान लिएर आएको पुलिसले दुई वर्षअघि पोखरामा भएको मनकामना केबलकार गोल्डकप जितेको थियो।

त्यतिबेला उसले थ्री स्टार क्लबलाई पराजित गरेको थियो। त्यसयता कुनै पनि उपाधि हासिल गर्न नसकेको पुलिस विराट गोल्डकपमा भाग्यमानी ठहरिएको छ। बंगलादेश फुटबल क्लब आउन नसकेपछि पुलिसलाई खेलाइएको थियो।

पुलिसका कप्तान जुमनु राईले यो जित आफ्नो क्लबका लागि धेरै नै महत्वपूर्ण भएको बताए। ‘हामीले दुई वर्षमा कुनै पनि उपाधि जित्न सकेका थिएनौं, त्यसैले यो उपाधि महत्वपूर्ण हो,’ सेतोपाटीसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सक्षम छौं, हामी खेल्न सक्छौं भन्ने प्रमाणित पनि गर्यौं।’

दोस्रो हाफ चल्दै गर्दा विमलको ठाउँमा मैदान छिरेका शाहले झापाविरुद्ध राम्रो प्रदर्शन गरेका थिए। भोलानाथ सिलवाल, जुमनु राईका आकर्षक प्रहारहरू खेर जाँदा उसले झापासँग संघर्षपूर्ण खेल्नुप¥यो। झापाविरुद्ध आक्रामक खेलेको पुलिसका लागि विमल घर्तीमगरले पहिलो हाफमा एउटा अवसर गुमाएका थिए।

झापाका नरेन्द्रमणि नेम्वाङ, कर्ण लिम्बूको तीन पटकको प्रहार पोलमा ठोक्किएर गोल हुन सकेन। गत वर्षको संस्करण जितेको झापाली टोली राम्रो प्रदर्शनकाबीच हारेर फर्किएको छ।

‘टोलीले धेरै राम्रो खेल्यो, त्यसैले हामीले जित्यौं,’ कप्तान राईले भने, ‘विपक्षी टोलीको रणनीति बुझेर हामीले खेल्यौं।’ राई आफैं भने राम्रो प्रदर्शन नगर्दा दोस्रो हाफ चलिरहँदा मैदान बाहिर निस्किएका थिए। पुलिसले उनलाई बाहिर निकालेर विनोद कार्कीलाई मैदान छिराएको थियो।

दोस्रो हाफमा झापाका कर्ण लिम्बूको आकर्षक प्रहार पुलिसका गोलकिपर विशाल श्रेष्ठले समातेका थिए। बुद्धराज चेम्जोङको अर्को प्रहार पनि श्रेष्ठले असफल पारिदिएका थिए। फाइनल खेलको म्यान अफ द म्याच पुलिस क्लबका भोलानाथ सिलवाल भए। विजेता, उपविजेता टोलीलाई प्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतले पुरस्कार प्रदान गरे।

उत्कृष्ट टोली पनि पुलिस नै भयो। उत्कष्ट मिड फिल्डर झापाका योगेश गुरुङ, डिफेन्डर झापाका देवेन्द्र तामाङ, रुपन्देही फेयर प्ले, हाइ स्कोरर झापाका बुद्ध चेम्जोङ, कर्ण लिम्बू, उत्कृष्ट खेलाडी पुलिस क्लबका सुमन सुवेदी भए। सुवेदीले मोटरसाइकल उपहार पाएका छन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget